रेफ्री सेमिनार र रिफ्रेसर कोर्ष सम्पन्न
धनगढीः नेपाल गोजुरियो तेक्वान्दो संघको आयोजनामा भएको तीन दिने सुदूरपश्चिमस्तरीय रेफ्री सेमिनार र रिफ्रेसर कोर्ष सोमबार सम्पन्न भएको छ।
सुदूरपश्चिमका विभिन्न जिल्लाका ७० जना रेफ्रीहरुले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए। सहभागीहरुलाई तेक्वान्दो संघका केन्द्रीय महासचिव दीपराज गुरुङ, संघका प्राविधिक सल्लाहकार टार्जन सुब्बा, अन्तर्राष्ट्रिय रेफ्री भीमलाल विश्वकर्मा तथा सिनियर तेक्वान्दो प्रशिक्षक कविराज खड्गीले प्रशिक्षण गराएका थिए।
प्रशिक्षकहरुले विश्व तेक्वान्दो महासंघले पछिल्लो समय तेक्वान्दोको नियम र कानुनमा गरेका परिवर्तनहरुबारे सहभागीहरुलाई जानकारी गराएका थिए। सुदूरपश्चिम तेक्वान्दो संघको सहयोग र समन्वयनमा भएको उक्त कार्यक्रमको समापन समारोहमा सोमबार सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
नेपाल तेक्वान्दो संघले सुदूरपश्चिमसँगै देशभरका ६ प्रदेशमा यो कार्यक्रम सम्पन्न गरिसकेको छ। केही समयमा कर्णाली प्रदेशमा पनि कार्यक्रम गरिने महासचिव गुरुङले बताए।