कञ्चनपुरको कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघ विजयी
२०७९ चैत्र ६, ०८:५२
धनगढी: कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। ३०६ मत पाउँदै नेविसंघका कृष्णराज जोशी विजयी भएका हुन्।
उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी वालिका पन्तले १५६ मत प्राप्त गरिन्। सचिवमा ३७७ मतसहित नेविसंघका करण प्रसाद भट्ट र कोषाध्यक्षमा विमला कुमारी पन्त विजयी भएका छन्। सबै सदस्य पनि नेविसंघ उम्मेदवार विजयी भएका छन्।
कमेन्ट लोड गर्नुस