डोटीको खप्तड आर्दश क्याम्पसमा अनेरास्ववियूको समूह विजयी
धनगढीः डोटीको खप्तड आदर्श क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को समूह विजयी भएको छ।
२९ मत खसेको उक्त क्याम्पसमा २१ मतसहित अनेरास्ववियूको प्यानल विजयी भएको हो। नेपाल विद्यार्थी संघको प्यानलले सात मत पाएको छ। नेकपा एमालेको विद्यार्थी संघठन अनेरास्ववियूका श्याम विकको समूह विजयी भएको हो। नेपाली काँग्रेसको विद्यार्थी संघठन नेपाल विद्यार्थी संघका उम्मेदवार गणेशराज ओझा पराजित भएका छन्।
विकसँगै उनको समूहबाट सचिवमा पदम पछेरा, कोषाध्यक्षमा हेमा बोहरासहित विजयी भएका हुन्। क्याम्पस प्रमुख मोहन रौतेडाका अनुसार स्ववियूको निर्वाचन उक्त क्याम्पसमा शान्तिपूर्ण रुपमा भएको छ।