सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी क्याम्पसमा फर्जिमत हालेपछि मतपेटिकामा तोडफोड,निर्वाचन रोकियो

२०७९ चैत्र ५, ०४:१३ खबर संवाददाता

डोटीः डोटी जिल्लामा रहेको पहिलो  बहुमुखी क्याम्पसको मतदान रोकिएको छ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेको डोटी बहुमुखी क्याम्पसको स्विवियु निर्वाचन अन्तर्गत भइरहेको मतदान प्रक्रिया रोकिएको छ। फर्जीमत खसालेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेपछि मतदान रोकिएको हो। क्याम्पसको गेटमा विद्यार्थीहरुले मुर्दाबादको नारासमेत लगाइरहेका छन्।

आक्रोशित वद्यार्थीहरुले गेट नाघ्ने प्रयास गरिरहेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ। विवाद उत्पन्न भएपछि डोटी क्याम्पसको अवस्था तनावपूर्ण बनेको छ। फर्जिमत हालेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिप्लप निकट अखिल क्रान्तिकारीका बिद्यार्थीले मतपेटिका समेत तोडफोड गरेको छन्।

कमेन्ट लोड गर्नुस