कञ्चनपुरको एक लघुवित्तमा तालाबन्दी
कञ्चनपुरः कञ्चनपुरको एक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयमा तालाबन्दी गरिएको छ। जिल्लाको सुडामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा तालाबन्दी गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले बिभिन्न ५ कारण देखाउँदै आज सो वित्तीय संस्थामा तालाबन्दी गरेको छ। लघुवित्तले उपभोक्ताबाट चर्को ब्याज असुली गरिरहेको र आफ्नो पार्टीले ५ प्रतिशत ब्याज लिनुपर्ने अडान राखेको सो पार्टीले बताएको छ। संस्थाले किस्ता असुल उपर गर्दा ऋणिहरुसित जबरजस्ती र दुव्र्यबहार गरेको पाइएको बहुमतको आरोप छ।
बिभिन्न प्रलोभन (स्किम) दिएर उपभोक्तालाई ठग्ने र दुःख दिने गरिएको र बचत बुक संस्थामा राखेर आयव्यय पारदर्शी नगरेको गुनासो उपभोक्ताबाट आएको बहुमतले जनाएको छ।