कञ्चनपुर लागूऔषधसहित एक जना पक्राउ
२०७९ चैत्र ५, ०७:१५
कञ्चनपुरः कञ्चनपुर लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भिमदत्त नगरपालिका–७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ६५ मिलिग्रामसहित सोही ठाउँका २१ वर्षीय रोहित महरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस