सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक जमिन प्रयोग गरि बनाइएका संरचनामाथि पाटन नगरपालिकाले डोजर चलायो

२०७९ चैत्र ४, ०९:३५ खबर संवाददाता

बैतडीः बैतडीको एक नगरपालिकाले नगरभित्र अनधिकृत रुपमा बनेका भौतिक संरचना भत्काइएको छ।

जिल्लाको पाटन बजार क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना पाटन नगरपालिकाले भत्काउन सुरु गरेको हो। बजार क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका संरचनाहरु डोजर चलाएर भत्काएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए। सार्वजनिक जमीन मिचेर निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना जारी गर्दा समेत वेवास्ता गरेपछि नगरपालिकाले डोजर चलाएको हो।

पाटन बजार क्षेत्रमा सडक चौडा पार्नका लागि ठेक्का सम्झौता भइसकेको अवस्थामा अनधिकृत संरचना भत्काइएको नगर प्रमुख रावलले बताए। उनले भने ‘नगरपालिकाको सूचनाको अवज्ञा गरिएपछि डोजर चलाइएको हो।’पाटन नयाँ शहर आयोजना अन्तर्गत पाटन बजार क्षेत्रमा सडक चौडा पार्नका लागि ठेक्का सम्झौता गरिएको छ। अनधिकृत संरचना नहटाउँदा  सम्म काम अघि बढ्न नसकेपछि नगरपालिकाले डोजर चलाएको हो। एयरपोर्ट लाइनमा निर्माण भएका खोकाछाप्रा डोजर चलाएर भत्काएपछि अब सडक निर्माणको काम अघि बढ्ने बताइएको छ।

सार्वजनिक जमीन प्रयोग गरेर निर्माण गरिएका अनधिकृत संरचना भत्काउने कार्य जारी रहने नगरपालिकाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस