सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भएको फुट्सल प्रतियोगिताको उपाधि सेती अस्पतालाई

२०७९ चैत्र ४, ०७:१२ खबर संवाददाता

धनगढी : धनगढीमा भएको फुटसल प्रतियोगिताको उपाधि सेती अस्पतालले जितेको छ।

धनगढीमा भएको ॐ श्रीनगर डेन्टल क्लिनिक प्रथम फुटसल प्रतियोगिताको उपाधि सेतीले जितेको हो। धनगढीको पार्कमोडमा रहेको डेन्टल क्लिनिकको आयोजनामा धनगढीमा भएको प्रथम फुटसल प्रतियोगिताको फाईनलमा मनांक फाउण्डेसनलाई हराउँदै सेती अस्पतालले उपाधि जितेको छ। सेती मनांकसँग १०–२ को गोल अन्तरले विजयी भएको हो। 

उपाधिसँगै सेती प्रादेशिक अस्पतालले नगद १५ हजार प्राप्त गरेको छ। उपविजेता मनांक फाउण्डेसनले साढे ७ हजारमा चित्त बुझाएको हो। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । प्रमुख अतिथि नवजीवन अस्पतालका बरिष्ठ प्रसुति रोग बिशेषज्ञ डाक्टर जयराम केसी तथा बिशिष्ठ अतिथीहरु सामाजिक विकास मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डाक्टर चेतराज जोशी, प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रका प्रमुख डाक्टर निरज अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव बिष्णु अवस्थी लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । 

प्रतियोगितामा १२ टीमको सहभागीता रहेको थियो । मानव स्वास्थ्यका लागि अपरिहार्य रहेको शारिरीक कसरतलाई प्रोत्सहान गर्न तथा दन्त स्वास्थ्यको बारेमा जनचेतना दिनका लागि प्रतियोगिता आयोजना गरिएको ॐ श्रीनगर डेन्टल क्लिनिकका सञ्चालक डाक्टर प्रेम प्रकाश रेग्मीले जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस