सेनाको बाहिनीपति ट्रफीको उपाधी वीरभद्रजंग गुल्मलाई
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधी वीरभद्रजंग गुल्म बझाङ्गले हात पारेको छ।
महेन्द्रनगर श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई तीन शुन्यको सोझो सेटले पराजित गर्दै वीरभद्रजंग गुल्मले उपाधी जितेको हो।
प्रतियोगिताको उपाधी बिजेता गुल्मलाई श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए। साथै प्रतियोगितामा उपाधी बिजेता गुल्मका सिपाही राजेन्द्र धामी उत्कृष्ट खेलाडी घोषित भएका छन्।
लिंग चरणको भलिबल प्रतियोगितामा बाहिनी अन्र्तगत कार्यरत चार गुल्म प्रतिस्प्रर्धामा उत्रिएका थिए। सेनाले बाहिनी स्तरबाट खेलाडी छनौट गरी टिम बनाएर आगामी चैत महिनामा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी गराउने जनाएको छ।
समापन समारोहमा बाहिनीपति सहायक रथी ढकाल संगै बाहिनीकै प्रमुख सेनानी दिवाकर रायमाझी, श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठ लगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो।