सुदूर नेपाललाई विश्वसँग जोड्दै

डीडीसीले आजदेखि बढायो दुधको मूल्य, धनगढी क्षेत्रमा ९२ रुपैयाँ कायम

२०७९ चैत्र २, ०८:२४ खबर संवाददाता

काठमाडौं: दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागू हुनेगरी दुधको मूल्य बढाएको छ। संस्थानले मन्त्रिपरिषद्को फागुन १९ गतेको निर्णय बमोजिम चैत्र १ गतेदेखि कृषक खरिद मूल्य ६५ रुपैयाँ कायम हुनेगरी बढाएको हो। 

आज प्रकाशित सूचना अनुसार काठमाडौं, विराटनगर, जनकपुर र हेटौंडा क्षेत्रमा रु. ९७ रुपैयाँ, बुटवल क्षेत्रमा ९४ रुपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा ९२ रुपैयाँ कायम भई चैत्र २ गतेबाट उक्त मूल्य कायम गरिएको व्यहोरा उल्लेख गरिएको छ। संस्थानले डीडीसी ‘स्ट्यान्डर्ड’ दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पु¥याएको छ। मूल्यवृद्धि हुनुअघि डीडीसी दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । आजदेखि प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ।

कमेन्ट लोड गर्नुस