सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चट्याङ परेर १५ जना घाईते, ६ गम्भीर

२०७५ चैत्र १९, ०१:१० खबर संवाददाता

अछाम जिल्लाका २ स्थानमा चट्याङ परेर १५ जना घाईते भएका छन्। घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। हावाहुरीसँगै परेको चट्याङ लागेर जिल्लाको पन्चदेवल विनायक नगरपालिका ९ कालेकाडामा मात्रै ११ जना घाईते भएका छन्।

सोमबार मध्यरातमा परेको चट्याङबाट घाइते हुने मध्ये स्थानीय भिमपुरा नेपाली, दिर्गे विक, ललु विक, राधिका शाही, कल्पना बोहरा र जगत बोहरा गम्भीर घाईते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 
यस्तै गयराती नै जिल्लाको रामारोशन गाउँपालिका वडा नम्वर ५ मा चट्याङ परेर ४ जना घाईते भएका छन्। घाईतेहरुको उद्धार गरि वयलपाटा अस्पताल ल्याईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस