सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा राति घरमै घुसेर युवतीमाथि दुष्कर्म

२०७९ फाल्गुन २९, ०७:२६ खबर संवाददाता

धनगढीः दार्चुलामा युवतीमाथि दुष्कर्म गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। आइतवार जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम युवतीलाई दुष्कर्म गरेको आरोपमा पक्राउ परेका हुन्।उनले गत शुक्रवार राति १९ वर्षीया युवतीमाथि घरमै घुसेर दुष्कर्म गरेको आरोपमा समातिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगतगाहा मगरले बताए।

बमले फागुन २६ गते राति घरमै गएर युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइहरेको सूचना अधिकारी मगरले बताए।

घरमा अरू कोही नभएको मौकामा बमले रातिको समयमा घरमै गएर जबरजस्ती करणी गरेको आरोप छ। शनिवार जिल्ला अस्पताल दार्चुलामा पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस