सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा दुई वटा डुंगा दुर्घटना, ८ जनाको मृत्यु

२०७९ फाल्गुन २९, ०८:२१ खबर संवाददाता

अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागो भन्ने स्थानमा दुईवटा डुंगा पल्टिंदा भएको दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। स्यान डियागोको ब्लाक बिचमा डुंगामा समस्या आएको खबरपछि खोजी कार्य शुरु गरिएको आपतकालिन सेवाले जनाएको छ।

दुईवटामध्ये एउटा डुंगामा सवार भएकाहरु मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ। खोजी कार्य जारी रहेकाले मृतक तथा घाइतेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। डुंगामा सवार नागरिकहरु कुन कुन देशका थिए भन्ने खुलेकोे छैन।

तर ती सबैजना वयस्कहरु भएको बताइएको छ। स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्याण्डले यो दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन्। दुर्घटना स्थलको ३ सय ६६ मिटरको आसपासमा पल्टिएको डुंगा र शवहरु भेटिएको थियो। घटना के कारणले भयो भन्ने स्पष्ट हुन सकेको छैन। घटनास्थलबाट उद्धारकर्ताहरूले कसैलाई पनि जीवित फेला पार्न सकेनन्। 

कमेन्ट लोड गर्नुस