कैलालीका प्रहरी प्रमुखलाई कारवाहीको माग
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनालाई कारवाहीको माग भएको छ। सत्तापक्षकै विद्यार्थी संगठन र भातृ संगठनले प्रहरी उपरिक्षक तिम्सिनालाई कारवाहीको माग गरेका छन्। प्रहरी उपरिक्षक तिम्सिनालाई भारतबाट २३ लाख चोरेर आएका बैतडीका नीरजवहादुर चन्दबाट १३ लाख असुल्दै छोडेको आरोप लागेपछि कारवाहीको माग गरिएको हो।
अखिल कैलालीका अध्यक्ष कुमार बडैला, अखिल (क्रान्तीकारी) का अध्यक्ष डम्मर भट्टराई, युवा संघका कैलाली सचिव राजु बम र वाईसीयलका कैलाली अध्यक्ष सुरज खातीले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै प्रहरी उपरिक्षक तिम्सिनालाई कारवाहीको माग गरको हुन्।
प्रहरी उपरिक्षक तिम्सिना पदीय मर्यादा विपरित विभिन्न गतिविधिमा संग्लन रहेको भन्दै कारवाहीको माग गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। कैलाली प्रहरीलाई भारतबाट चोरेर ल्याएको १३ लाख असुल्दै चोरीमा संग्लन चन्दलाई छोडेको आरोप लाग्दै आएको छ।
याे पनि पढ्नुहाेस:
चोरीमा संग्लनलाई २३ लाख सहित नक्कली अभिभावक बनाएर किन छोड्यो कैलाली प्रहरीले
कैलालीका एसपीले भारतमा चोरीमा संग्लनलाई १३ लाख असुल्दै छोडेको आरोप