पीएनजीमाथि नेपालको जित, सन्दीपको अहिले सम्मकै उत्कृष्ट ब्याटिङ
काठमाडौंः आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ।
पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी निर्णायक रह्यो। खराब सुरुवात गरेको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो। एकपछि अर्को ब्याट्सम्यान आउट हुँदा पनि ओपनर आसिफ क्रिजमा टिकिरहेका थिए।
नवौं नम्बरमा आएका सन्दीपले आसिफलाई बलियो साथ थिए। दुबैले आठौं विकेटका लागि अजितित ७७ रनको साझेदारी गरे। आसिफ ८६ र सन्दीप ३५ रनमा अविजित रहे। आठौं विकेटका लागि ७७ रनको साझेदारी नेपालको अहिलेसम्मको धेरै हो।