सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएनजीविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले गुमायो १विकेट

२०७९ फाल्गुन १९, ०४:१५

काठमाडौंः पीएनजीविरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले पहिलो बलमै १ विकेट गुमाएको छ।

नेपालले खाता नै नखोली १ विकेट गुमाएको हो। नेपालका कुशल भुर्तेल सेमो कामियाको बलमा एलबी डब्ल्यु धरापमा परेका हुन्। यसअघि टस जितेर ब्याटिङ गरेको पीएनजीले ४९ दशमलव २ ओभरमा पूरै विकेट गुमाएर १७९ रन बनाएको हो। यस क्रममा पीएनजीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन्।

नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दुई विकेट लिएका थिए। आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजका  बाँकी खेलमा नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ।
 

कमेन्ट लोड गर्नुस