कञ्चनपुरका एक फरार प्रतिबादी पक्राउ
२०८३ कार्तिक ११, ०७:१७
कञ्चनपुरः कञ्चनपुरका एक फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८३ वैशाख १७ गतेको फैसलाले विना ईजाजत काठ ओसार पसार चिरानी मुद्दामा ३ महिना कैद सजाय र १४ हजार नौ सय असी जरिवाना तोकिएको बेदकोट नगरपालिका–२ बस्ने १९ वर्षीय आदेश खुना पक्राउ परेका हुन्। खुनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको छ।
कमेन्ट लोड गर्नुस