सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति रनिङ शिल्डको विजेता धनगढी उपमहानगरपालिका

२०७९ फाल्गुन १७, ०७:०३ खबर संवाददाता

धनगढीः १३ औं कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता धनगढी रंगशालामा सम्पन्न भएको हो। 

कैलाली जिल्लाका १३ वटै स्थानीय तहहरुका झण्डै एक हजार बढी खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका पहिलो भएको छ। धनगढीले १६ स्वर्ण, ५ रजत र ५ कास्य सहित २६ पदक जितेको छ। घोडाघोडी नगरपालिका दोस्रो भएको छ। घोडाघोडीले १६ स्वर्ण ४ रजत र ११ कास्य पदक सहित ३१ पदक जितेको छ। प्रतियोगितामा गोदावरी नगरपालिका तेस्रो भयो। गोदावरीले ८ स्वर्ण ८ रजत र १० कास्य सहित २६ पदक जित्यो। 

प्रतियोगितामा सहभागी टीकापुर नगरपालिकाले ५ स्वर्ण ७ रजत ६ कास्यसहित १८ पदक जित्दा लम्की चुहा नगरपालिकाले दुई स्वर्ण ४ रजत र ७ कास्यसहित ९ पटक जितेको छ। जानकी गाउँपालिकाले एक स्वर्ण ४ रजत र ७ कास्यसहित १२ पदक जितेको छ। प्रतियोगितामा सहभागी गौरीगंगा, मोहन्याल, चुरे, कैलारी, बर्दगोरिया, भजनी र जोशीपुरले भने स्वर्ण पदक जित्न सकेनन्।

भजनी र जोशीपुरकले रजत पदक पनि जित्न नसकेको कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ। प्रतियोगितामा भलिवल, कवड्डी, एथ्लेटिक्स, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएका थिए। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले सुदुरपश्चिम प्रदेश स्तरीय  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनेछन्।

प्रतियोगिताका बिजेता, उपविजेता र तेस्रो भएका पालिकालाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ। कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य जानकीदेवी कुँवर रहेकी थिएन्।

कमेन्ट लोड गर्नुस