सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

२०७९ फाल्गुन १५, ०२:१७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ।

कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि धनगढी रंगशालामा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य रामसिंह धामी र कैलाली जिल्ला खेलकुद समिति अध्यक्ष ललित खत्रीले उद्धघाटन गरेका छन्।
प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहहरुका खेलाडीको सहभागिता छ। प्रतियोगितामा भलिबल, छोटो दौड, लामो दौड, हाईजम्प , कराँते लगायतका खेल सञ्चालन गरिनेछ।

कमेन्ट लोड गर्नुस