सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा बैतडीका एक जनाको बिभत्स हत्या भएपछि परिवारद्धारा न्यायको माग

२०७५ चैत्र १७, ०३:२५ खबर संवाददाता

भारतको पञ्जावमा बैतडी मेलौलीका एकजनाको बिभत्स तरिकाले हत्या भएको छ। बिगत ३० बर्षदेखि पञ्जाबमा बस्दै आएका मेलौली २ कर्पतका ४३ बर्षीय श्यामसिंह ओडको चैत्र ६ गते हत्या भएको खुलेको छ। उनको शव गोबिन्दगढ भन्ने ठाँउमा फालिएको अबस्थामा भेटिएको मृतकका भतिजा राजेन्द्र वडले बताए। मृतक श्यामसिंह श्रीमती र छोराछोरीका साथ भारतमा बस्दै आएका थिए। 

अहिले श्यामको दुर्घटनामा मृत्यु भएको भन्ने आधारमा प्रहरीले रिपोट तयार गरिरहेको बताइएको छ। पोष्टमार्टमको रिर्पोट दिन पनि अस्पतालले आनाका गरिरहेको मृतकका भाई संकर ओडले बताए। अहिले मृतक श्यामसिंहका परिवारले मृतकको न्याय र दोषीलाई कारबाहीका लागि सबैसंग अनुरोध गरिरहेका छन्। श्यामको हत्या उनकै भुतपुर्व श्रीमती लक्ष्मी र उनका नयाँ पति अर्जुन कुमारले गरेको आशंका परिवारको छ।
 

कमेन्ट लोड गर्नुस