सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ सय ४३ रनको फराकिलो मतान्तर सहित नेपालको दोस्रो जित

२०७९ फाल्गुन १३, ०५:५५ खबर संवाददाता

एजेन्सीः आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ।

शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो। यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १०० रन मात्र बनायो।कुवेतका लागि जुधा सालधानाले २६ रन बनाउँदा रसिन मोहमदले १९ रन बनाए।

किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २÷२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो।

नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए। कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए। ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भएका थिए।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ। नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसककंग अन्तिम खेल खेल्नेछ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।
 

कमेन्ट लोड गर्नुस