सुदूर नेपाललाई विश्वसँग जोड्दै

भैरहवामा डिसिएलाई उपाधि

२०७९ फाल्गुन ११, ०७:०९ खबर संवाददाता

धनगढीः धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले बिहीवार भैरहवा सम्पन्न खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सीईसी)लाई २ विकेटले हराउँदै उपाधि जितेको हो। टस हारेर ब्याटिङ गरेको सीईसीले ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो। उसका स्मिथ बुढाले ४६, उमकर यादवले २५ र सिद्धान्त सावदले २० रन जोडे। बलिङतर्फ एसपीएका निशान्त रेग्मी, सचिन साउद र निरज ऐरले समान २–२ विकेट लिए।

जवाफी ब्याटिङमा आएको डिसिएको ३१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो। डिसिएका निरज ऐरले ३९ र रविन्द्र कुँवरले ३० रन जोडे।  सीईसीका करण घर्तीमगर र ओकर यादवले २–२ विकेट लिए। खेलको म्यान अफ द म्याच डिसिएका निरज ऐर घोषित भए।  डिसिएले उपाधिसहित ३० हजार नगद हात पारेको छ।  
 

कमेन्ट लोड गर्नुस