कञ्चनपुरबाट फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा कर्तव्य ज्यानमुद्दाका फरार प्रतिवादी १७ वर्ष ५ महिनापछि पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका-१४ वनकट्टी बस्ने ५८ वर्षीय हर्कबहादुर ऐडीलाई कञ्चनपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। ऐडीलाई घरमा लुकिछिपी बसिरेहको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। २०६२ भदौ २५ गतेको मुद्दा दर्ता नम्बर ३४ करेन्ट लागि मृत्यु भवितव्यबाट कर्तव्य ज्यानमा परिणत मुद्दामा उनलाई अदालते दोषी ठहर गरेको थियो। सोही मितिबाट ऐडी फरार रहेका थिए।
उनको कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डांगीले जानकारी दिएका छन्।