रोहितको अर्धशतक पूरा
काठमाडौँः आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका लागि रोहित कुमार पौड्यलले अर्धशतक पूरा गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले अर्धशतक पूरा गरेका हुन्। उनले ३० ओभरको पहिलो बलमा एक रन हान्दै ५० रन पूरा गरे। रोहितले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। रोहितको अर्धशतकसँगै नेपाल राम्रो अवस्थामा आएको छ।
रोहितलाई अहिले क्रिजमा सन्दीप लामिछानेले साथ दिरहेका छन्।