सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ६ लाख बढीका अवैध सामान बरामद

२०७९ फाल्गुन ९, ०१:१७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर प्रहरीले ६ लाख बढीका अवैध सामान बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट कञ्चनपुर प्रहरीले ६ लाख २५ हजार मुल्य बराबरका अवैध सामान बरामद गरेको हो।

भीमदत्त नगरपालिका–४ बसपार्कबाट तीन लाख ८० हजार मुल्य बराबरका भन्सार छलीका अवैध लेदरका बेल्ट ९५ थान र दुई लाख २५ हजार मुल्य बराबरका हुक्का फ्लेवर तम्बाखु ७५० प्याकेट बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रहरीले ती सामग्री बेवारिसे अवस्थामा फेला पारेको हो।

कमेन्ट लोड गर्नुस