कञ्चनपुरमा रेष्टुरेन्ट सञ्चालक लागुऔषधसहित पक्राउ
२०७९ फाल्गुन ८, ०३:०४
कञ्चनपुरः कञ्चनपुरमा एक रेष्टुरेन्ट सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन्।
ईकाला प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका—२ बंकका नरेन्द्रबहादुर चन्दलाई लागुऔषधसहित आज पक्राउ गरेको हो।
सोहि स्थानमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका चन्द ९४ दशमलव ४० ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। चन्दलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस