सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सशस्त्र प्रहरीको निगरानी, ७ दिनमै ११ लाख बढीको राजस्व असुली

२०७९ फाल्गुन ७, ०६:४१ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेर ७ दिनमै ११ लाख बढीको राजस्व असुली गराउन सफल भएको छ।

जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलीका सामान बरामद गरेर ११ लाख ३८ हजार दुई सय राजस्व असुली भएको हो। सशस्त्र प्रहरीले फागुन १ गते एक मोटरसाइकल, २० दर्जन केरा, १५ किलो अंगुर र कस्मेटिक बरामद गरेको थियो। त्यस्तै फागुन २ गते ११८ थान चिसो, ५० किलो पोटास मल, कस्मेटिक र हार्डवेयरका सामान बराम गरिएको थियो।

फागुन ३ गते ५० किलो मिठाई, किराना सामान, तीन पेटी चिसो, कपडा, भारतीय नब्बर प्लेटको एक थान मोटरसाइकल, चिसो ७ कार्टुन, साइकल, तथा किराना सामान सशस्त्र प्रहरीले बरामद गरेको हो। त्यस्तै फागुन ४ गते कस्मेटिक, कुखुरा, चिसो, मोटरसाइकल, कपडा र खुद्रा सामानहरु बरामद गरेर भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले बताएको छ।

शैलेश्वरीले माछा र अण्डा, चिनी थप तीनवटा मोटरसाइकल समेत बरामद गरेर भन्सार चलान गरिएको सशस्त्र प्रहरी उपरीक्षक (गणपति) प्रेमबहादुर रावलले जानकारी गराए। ७ दिनको अवधिमा ११ लाख ३८ हजारभन्दा बढी मुल्य बराबरका सामान बरामद गरेर सोहिअनुसारको राजस्व असुली भएको उनले बताए।

कमेन्ट लोड गर्नुस