कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका–१ डाडाविचुवाबाट पुनर्वास नगरपालिका–२ का २७ वर्षीय विशाल तामाङ अवैध काठसहित पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोली र लालझाडी सव–डिभिजन वनको संयुक्त टोलीले २८ दशमलव १८ क्युफिट अवैध काठसहित तामाङलाई पक्राउ गरेको हो।
संयुक्त गस्ती टोलीले ५ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। अवैध काठ, मोटरसाइकल र तामाङलाई आवश्यक कारबाही तथा अनुसन्धानका लालझाडी सव–डिभिजन बन कार्यालयमा पठाएको प्रहरीले जनाएको छ।