सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोटस आई अत्तरिया एलपीएलको च्याम्पियन 

२०७९ फाल्गुन ६, ०५:४९ खबर संवाददाता

धनगढी : लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ।

शनिवार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा लोटस आईले सत्यवती एकेडेमीलाई हराएको हो। 

सातौँ संस्करणको विद्यालय स्तरीय १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिता एलपीएलमा डिफेन्डिङ च्याम्पियने अत्तरियाकै सत्यवती एकेडेमीलाई ७ विकेटले पराजित भएको छ। सत्यवती एकेडेमीले दिएको ९२ रनको लक्ष्य लोटस आईले ३ विकेट गुमाएर ११ दशमलव ३ ओभरमै भेटायो। 

लोटस आईको ब्याटिङमा लक्की कडायतले सर्वाधिक ४१ रन बनाए। उनले  अविजित ३२ बलमा ७ चौका प्रहार गरे। आयुब चन्दले २८ तथा वीरेन्द्र नाथले १४ रन बनाए। सत्यवतीका बलर गौतम केसी र प्रतिक श्रेष्ठले १/१ विकेट लिए।  

टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले १९ दशमलव १ ओभरमा सबै विकेट गुमायो। सत्यवतीले ९१ रन मात्र बनायो। सत्यवतीका लागि ओपनर इमरान शेखले सर्वाधिक २७, कप्तान सुजन गौतमले १७ तथा सोनु अन्सारीले ११ रन बनाए। इमरान र सोनुले ३५ रनको साझेदारी गरेका थिए। लोटस आईको बलिङमा नरेन साउँद र प्रेम शाहले ४/४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित साउँदले ४ ओभरमा मात्र ६ रन तथा शाहले ४ ओभरमा ८ रन खर्चिए। हिक्मत महरा र सुवास रावलले १÷१ विकेट लिए। 
लोटस आईका कप्तान वीरेन्द्र नाथले टिमको सकारात्मकता र तालमेल जितको प्रमुख कारण रहेको बताए। उपविजेता बनेपछि सत्यवती एकेडेमीका कप्तान सुजन गौतमले ब्याटिंग धरासायी भएको बताए। 

उपाधि सहित लोटस आई स्कुलले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा विजेता ट्रफी प्राप्त र्गयो। उपविजेताले १ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त र्गयो।  

प्रतियोगिताको प्लेयर अफ द सिरिज लोटस आई स्कुलका आयुब चन्द चुनिए। उनले ५ खेलमा २ प्लेयर अफ द म्याच सहित १७९ रन र ५ विकेट लिएका थिए। आयुबले २० हजार नगद पुरस्कार सहित ट्रफी प्राप्त गरे। वेस्ट ब्याट्सम्यान लोटसकै योगेस भाट क्षेत्री र वेस्ट बलर पनि लोटसकै सन्तोष विजले चुनिए। उनीहरूले जनही १०÷१० हजार प्राप्त गरे। उदीयमान खेलाडी लिटल फ्लावरका सुबोध तिवारी चुनिदा उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे। विजेता खेलाडीहरूलाई पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले एक समारोहका बिच पुरस्कार वितरण गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस