कञ्चनपुरबाट लागु औषधसहित तीन जना पक्राउ
धनगढीः कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चरेश तथा लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन्।
बिहीवार इलाका प्रहरी कार्यालय, गुलरियाको समूहले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का बलवीर भट्टलाई ४१ ग्राम चरेशसहित पक्राउ गरेको हो। उनको पसलबाट चरेश बरामद गरेको प्रहरीले बताएको छ।
शुक्रवार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको कुकुरसहितको प्रहरी समूहले जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ का पुकार पाण्डे र भीमदत्त नगरपालिका वडा नम्बर ६ का प्रेमराज जोशीलाई लागुऔषधसहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार सु.प.प्र. ३७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट दुई दशमलव ३० ग्राम चरेश, एक थान कोरेम्स सिसि, दश थान स्पास फेला परेको हो।