सेना दिवसको पूर्व सन्ध्यामा कञ्चनपुरको शिवधाममा सरसफाई
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित शिवधाम परिसर सरसफाई गरिएको छ। नेपाली सेनाले शुक्रवार २६०औँ सेना दिवस तथा महाशिवरात्रीको पूर्वसन्ध्यामा शिवधाममा सरसफाइ गरेको हो। धामका बटुकहरुलाई कम्वलसमेत वितरण गरेको नेपाली सेनाले बताएको छ।
नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले शिवधाममा आश्रय लिएर कर्मकाण्ड अध्ययनरत बटुकहरुका लागि १७ थान कम्वल वितरण गरेको हो। बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष हेमविक्रम थाापालाई कम्वल हस्तान्तरण गरेका हुन्। नेपाली सेनाका अनुसार शिवधाम परिसरको सरसफाइ तथा रंगरोगन समेत गरेको छ।
महाशिवरात्री र सेना दिवसका अवसरमा स्थान विशेषका विभिन्न मठ मन्दीरहरुको सरफाइ तथा मर्मत आएको सेनाले गर्दै आएको छ। शनिवार सेनाले विविध कार्यक्रम आयोजना गरेर सेना दिवस मनाउदैछ।
शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष हेमविक्रम थापाले नेपाली सेनाबाट धर्म संस्कृति जगेर्ना गर्न निरन्तर रुपमा सहयोग तथा सुझाव पाएको भन्दै उच्च प्रशंसा गरेका छन्।