सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलिका सामानसहित दुई जना पक्राउ

२०७९ फाल्गुन ५, ११:४६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलिका सामानसहित दुई जना पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले सिमानाका स्थित विभिन्न स्थानबाट भारतबाट नेपाल तर्फ ल्याउदै गरेका कोकाकोला, डिउ, बोईलर कुखुरा, अण्डा, सुर्ति, साईकल र बच्चाका खेलौनागरि अन्दाजी रु. ३७ हजार तीन सय बराबरको सामान सहित २ जनालाई बिहीवार पक्राउ गरेको जनाएको छ। उनीहरुलाई  आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाईएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस