कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ
२०७९ फाल्गुन ४, ११:५०
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीका ३२ वर्षीय सविन महर्जन र २६ वर्षीय राजु वि.क लाई बुधवार कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाएको छ।
उनीहरुको साथबाट ४ ग्राम लागुऔषध खैरोहेरोईन र नगद भारतीय रुपैयाँ ४४२०, नेपाली रुपैयाँ ६४९०, विभिन्न देशका सिक्का ७ वटा, डिजिटल काटा १ थान र से ५ प ५४९ नंम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जानएको छ।
कमेन्ट लोड गर्नुस