एसियन कप छनोटका लागि यु–२० को प्रारम्भिक टोली घोषणा
काठमाडौँः प्यालेस्टाइनमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले टोलीको घोषणा गरेका छन्।
नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ। गुरुङले बंगलादेशमा भएको साफ यु–२० महिला च्याम्पियनसिपमा यु–२० राष्ट्रिय महिला टोलीको नेतृत्व गरेका थिए। गोलकिपरमाः कविता विक, सावित्री किशन, लिला जोशी र पूजा थापा छन्। यस्तै डिफेन्डरमाः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ छन्।
मिडफिल्डरःतुलसा बोहरा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही, हिमा रावत, जेनिफर राणा छन भने फरवार्डमाः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन छन्।