सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट अवैध काठ बरामद

२०७९ फाल्गुन ३, ०४:०६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट अवैध काठ बरामद गरिएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–३ मा रहेको सव–डिभिजन वन कार्यालय वाँणी, सव–डिभिजन वन कार्यालय देखतभुली र अस्थायी प्रहरी पोष्ट वाणीबाट खटिएको संयुक्त टोलीले अवैध काठ बरामद गरेको हो। 

कृष्णपुर नगरपालिका–३ देखतभुलीका बिकासी रानाको घरबाट १० फिट ३ ईन्च गोलाई भएको एक थान सालको गोलिया, ७ फिट २ ईन्च लम्बाई ८९ ईन्च गोलाई भएको सालको सालको एक थान गोलिया र लम्बाई ७ दशमलव २ फिट, चौडाई १७ ईन्च, गोलाई १५ ईन्च भएको सिल्ली सालको एक थान गरी ३९ दशमलव ३० क्यूफिट काठ बरामद गरिएको छ।

त्यस्तै रामा रानाको घरबाट लम्बाई ६ फिट, गोलाई १० ईन्च र मोटाई ४ ईन्च भएको सिल्ली सालको तीन थान गरी ५१ दशमलव १८ क्यूफिट अवैध काठ बरामद गरिएको हो।

दुबै स्थानबाट गरी ९० दशमलव ४८ क्यूफिट अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस