नामिबियाविरुद्ध रोहितको अर्धशतक
काठमाडौः नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध इनिङको दोस्रो अर्धशतक बनाएका छन्।
चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले ४७ बलमा चार चौका र तीन छक्कासहित ५० रन पूरा गरे। त्रिवि क्रिकेट मैदानमा दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि कुशल भुर्तेलले यसअघि नै अर्धशतक बनाएका थिए। नेपालका लागि ओपनिङमा आएका कुशलले ५१ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरेका थिए। यसअघि अर्का ओपनर आसिफ शेख शून्यमा पेभेलियन फर्केका थिए।
वान् डाउनमा क्रिजमा उत्रिएका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ३५ बलमा चार चौकासहित २५ रन बनाएर आउट भएका थिए। अहिले क्रिजमा रोहितसँगै कुशल ५४ रन बनाएर खेलिरहेका छन्। २४ ओभरको खेल सकिँदा नेपालले दुई विकेटको क्षतिमा एक सय ३७ रन बनाएर खेलिरहेको छ।