सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०७९ फाल्गुन १, ०१:४६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्लाको जिमुवाबाट भन्सार छलीका सामान बरामद गरिएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। 

प्रहरी नायव निरीक्षक देबसिंह बुडालको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलीका एक लाख ५ हजार मुख्यबराबरका सामान बरामद गरेको हो।

साईकल ट्युब ३५ थान, साईकलका टायर ४ थान, चिनी ५० किलोग्राम बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो। बरामद गरिएका सामान सम्वन्धित निकायमा पठाएको कञ्चनपुर प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस