कञ्चनपुरको महेन्द्रनगरमा भोलिदेख व्यापार मेला
धनगढीः कञ्चनपुरको महेन्द्रनगरमा भोलिदेखि व्यापार मेला सञ्चालन हुने भएको छ।
उद्योग वार्णिज्य संघ, कञ्चनपुरको आयोजनामा १४औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमवारदेखि सुरु हुने भएको हो। उद्योग वाणिज्य संघ कञ्चनपुरले मेलाको तयारी पूरा भएको बताएको छ। सोमवार प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)ले मेलाको उद्घाटन गर्ने कार्यक्रम छ।
मेला फागुन १ देखि १० गते सम्म महेन्द्रनगरस्थित खुलामञ्चमा सञ्चालन हुने छ। महोत्सवमा दैनिक उपभोग्य सामाग्री, यस क्षेत्रका पर्यटकीय स्थलका तस्बिरहरु, कला संस्कृतिको प्रदर्शनीका साथै राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ। महोत्सवका लागि महेन्द्रनगरको खुलामञ्च सिँगारिएको छ।