सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजिप्टमा भवन भत्किँदा बालकसहित दुई जनाको मृत्यु, २० जना घाइते

२०७९ माघ २८, १२:४२ खबर संवाददाता

एजेन्सीः उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।

राज्य सञ्चालित नाइल टिभीले जनाए अनुसार राजधानी कायरोको उत्तरमा रहेको बेहेरा प्रान्तमा रहेको उक्त भवन ग्यास सिलिन्डर विस्फोटका कारण भत्किएको हो। दुर्घटनामा दुई जना अझै बेपत्ता भएकाले भग्नावशेषमुनि बाँचेकाहरूको खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ।

घटनास्थलमा ३० वटा एम्बुलेन्स पुगेर पीडितलाई नजिकैको सरकारी अस्पतालमा लगिएको छ भने भत्किएको भवनको वरिपरि प्रहरीले घेराबन्दी गरिएको छ।
 

कमेन्ट लोड गर्नुस