एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढीः धनगढीमा जारी विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा अत्तरियाका सत्यवती एकेडेमी र गुराँस एकेडेमी विजयी भएका छन्।
राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता, लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को शुक्रवार भएका खेलमा सत्यवतीले शारदा बिद्या निकेतन र गुराँस एकेडेमीले होलि फेमिलीलाई पराजित गरेको हो। सत्यवतीसँग शारदा ६८ रनले पराजित भयो। सत्यवतीले दिएको १६५ रनको लक्ष्य पछ्याएको शारदाले १८ दशमलव ३ ओभरमा ९७ रनमा सबै विकेट गुमायो।
शारदाको ब्याटिंगमा अशोक धामीले सर्वाधिक २५ रन तथा हृदय बिठारीले १५ रन बनाए। सत्यवती एकेडेमीको बलिंगमा अभिषेक कोइरालाले ३ तथा जित साउद र सुजन गौतमले २र२ विकेट लिए। निरज भट्ट र युबराज खत्रीले १र१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो । सत्यवतीको लागि सुजन गौतले सर्वाधिक ४० रन बनाए। यस्तै सोनु अन्सारीले २१, अभिषेक कोइरालाले ३५, इमरान शेखले १९ तथा खगेन्द्र जोशीले १८ रन बनाए। शारदा विद्या निकेतनका राज बमले २ तथा दिपक रोकाया र हृदय बिठारी र राजेन्द्र साउदले १र१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका सत्यवती एकेडेमीका सुजन गौतम घोषित भए ।
शुक्रवारको दोश्रो खेलमा गुराँस एकेडेमीले होलि फेमिलीलाई ५ रनले पराजित गर्यो। गुराँसले दिएको ११५ रनको लक्ष्य पछ्याएको होलि फेमिलीले २० ओभरमा ९ विकेट क्षेतीमा १०९ रन बनायो । होलि फेमिलीको लागि कैलाश क्षेत्रीले सर्वाधिक १९ रन बनाए। अभिषेक बुढाले १४ तथा बिरेन बम, अरुण राना र मनोज खड्काले समान १३ रन बनाए । गुराँस एकेडेमीका बलर सचिन बहादुर मल्लले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन खर्चिए। उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भए। अभिषेक कुँवरले २ तथा सौर्य श्रेष्ठ र रभी बिस्टले १र१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको गुराँस एकेडेमीले २० ओभरमा ७ विकेट क्षेतीमा ११४ रन बनायो। उसको लागि सचिन साउदले सर्वाधिक ३२ रन बनाए भने बिशाल बिस्टले २४, तथा अविशेक कुँवरले १२ रन बनाए । होलि फेमिलीका बलर प्रेम ठकुराठीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। बिरेन बम, नेहाल दमाई, राहुल भण्डारी र सन्तोष बिस्टले १/१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल हुनेछन् । पहिलो खेलमा विहान ९ बजे लोटस आई स्कुल र भुवनेश्वरी स्कुल तथा दिउँसो १ बजे लिटल फ्ल्वार स्कुल र नव बाल बाटिका स्कुल बीच प्रतिस्पर्धा हुनेछ ।
लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ। मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ। सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।
फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।
विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।
प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वल्र्ड भिजन इन्टरनेसनल नेपाल ९नेपाली जुटौँ, बाल विवाह रोकौँ० अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ ।
त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा।ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा।लि। अत्तरिया रहेको छ ।
त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के। आई। सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर।एम।सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् ।
वेस्ट बलर प्रायोजक वरिष्ठ युवा समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन कन्सल्टेन्सी पार्टनर एस। आ। जी।नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली ,सह प्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी ९हाल कोरिया०, कामिक्षा देवी डेरी धनगढी र विशेष अटो मोटिभ्स९हिरो० धनगढी कैलाली रहेका छन् ।