कञ्चनपुरमा वेवारिसे अवस्थामा समान फेला
२०७९ माघ २७, १२:१५
कञ्चनपुर: कञ्चनपुरमा वेवारिसे अवस्थामा समान फेला परेको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले भिमदत्त नगरपालिका १० भुजेला पुलमा अवैध रुपमा भन्सार छली गरी ल्याई लुकाई छिपाई वेवारीसे अवस्थामा राखिएका बिभिन्न कपडा, कम्बल र गन्जी (साठ्ठी हजार छ सय असी) मुल्य बराबरका सामान फेला पारी बरामद गरिएको जनाएको छ।
उक्त सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डा चौकी पठाईएको जनाएको छ।
कमेन्ट लोड गर्नुस