सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीले खरिद गर्‍यो सरसफाइ गाडी

२०७९ माघ २६, १२:२६ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले सरसफाइ गाडी खरिद गरेको छ। उपमहानगरपालिकाले नगर सरसफाइ प्रयोजनका लागि 'गार्बेज कम्प्याक्टर' नामक सरसफाइ गाडी खरिद गरेको जनाएको छ।

साथै पालिकाले एक ट्याक्टर र ट्रली  पनि खरिद गरेको जनाएको छ। सरसफाई गाडी ५७ लाख र ट्याक्टर र ट्रली १२ लाख १ हजार लागतमा खरिद गरेको उपमहानगरले जनाएको छ। सरसफाइ गाडी र ट्याक्टर कार्यालयमा ल्याइसकेको र ट्रली एकहप्ता भित्र पुग्ने जनाएको छ।    

कमेन्ट लोड गर्नुस