सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो कर्मचारी (सूची सहित)

धनगढी: सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग कार्यालयले ९८ जना कर्मचारी माग गरेको छ। प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फ सहायक चौथो तहका अप्राविधिक पदहरुमा ९८ कर्मचारी माग गरेको हो।
जसमध्ये ५५ जना खुला, १५ जना महिला, १८ जना आदिवासी जनजाती, ७ जना मधेशी, २ जना दलित र १ जना थारु÷रानाथारु समुहका लागि विज्ञापन खोलिएको छ।उक्त विज्ञापनका लागि फागुन १७ गते सम्म आवेदन दिने म्याद तोकिएको छ।
जसमा दोब्बर दस्तुर तिरेर भने फागुन २४ गते सम्म आवेदन दिन सकिने छ। समावेशी समुहका लागि भने थप १५० तिर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आवेदकले अनलाइनबाट फारम भर्न सक्ने जनाइएको छ।




