धनगढीका एक वडा सचिव कार्यालय समयमै मदिरा सेवन गरेर लठ्ठ परेपछि....

धनगढीः धनगढी उपमहानगरपालिकाका एक वडा सचिव कार्यालय समयमै मदिरा सेवन गरेर लठ्ठ अवस्थामा फेला परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १९ को वडा कार्यालयका सचिव हरिप्रसाद भट्ट कार्यालय समयमै मदिरा सेवन गरी वडा कार्यालय बाहिर सुतेको अवस्थामा फेला परेका हुन्।
आज मदिरा सेवन गरेर वडा सचिव कार्यालय समयै फेला परेको धनगढी उपमहानगरपालिका– वडा नम्बर १९ का वडाअध्यक्ष बाँधुराम चौधरीले बताए।
‘अरु दिन त थाहा भएन आज भने उनले पिएरै आएका रहेछन। आफु घरयसी काम विशेषले विदामा थिए, कार्यवाहकलाई बुझ्दा सचिव भट्टले मदिरा सेवन गरेर कार्यालय आएको थाहा पाए’, वडाअध्यक्ष चौधरीले भने।
मदिरा सेवन गरेर वडा सचिव लठ्ठ भएपछि आज दिनभरी वडा सचिवले गर्ने कामकाज सबै प्रभावित भएको वडा कार्यालय पुगेका सेवाग्राहीले बताएका छन्।




