सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलपीएल : आजपनि दुई खेल हुँदै

२०७९ माघ २५, ०८:०१ खबर संवाददाता

धनगढी: लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत पाँचौ दिन आज बुधवार दुई खेल हुँदैछन्। बुधवार हुने पहिलो खेलमा बिहान ९ बजे लोटस आई र शारदा विद्या निकेतन तथा दोस्रो खेलमा दिउँसो १ बजे नव बाल बाटिका र होली फेमिली स्कुल प्रतिस्पर्धा गर्नेछन्।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन्।

कमेन्ट लोड गर्नुस