सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–४ घरेलु मार्गमा रहेको डिबी कम्प्लेक्स प्रालिका यस्ता छन् विशेषता

२०७९ माघ २४, ०९:२९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ४ नवजीवन अस्पताल नजिक, घरेलु मार्गमा डिबी कम्प्लेक्स प्रालिको निर्माण भएको छ। धनगढीका संगम थापाले आफ्नै ६ कट्ठा जग्गामा व्यापारिक कम्प्लेक्स निर्माण गरेका हुन्।

व्यापारिक कम्प्लेक्समा भुइँ तलामा ३२ र पहिलो तलामा ३२ गरि ६४ वटा सटर निर्माण गरिएको छ। आधुनिक र भूकम्प प्रतिरोधी भवन पूर्णतया वातानकूलित रहेको कम्प्लेक्सका सञ्चालन प्रवन्धक उपेन्द्र श्रेष्ठले बताए।'

'डिबी कम्प्लेक्स भूकम्प प्रतिरोधी बनाइएको छ भने अग्नी नियन्त्रण प्रणाली पनि जडान गरेका छौँ,’ उनले भने, ’सबै सटरहरू वातानकूलित छन्, हामीले नै एसी, सिसिटिभी जडान गरेका छौँ, पसल सञ्चालकले विजुलीको बिल मात्रै तिर्दा हुन्छ।’

भुइँँ तलामा भने अधिकांश सटर भाडामा गएको श्रेष्ठले बताए। पहिलो तलाका ३२ सटरको बुकिङ खुला गरिएको छ। होलसेलबाहेक अन्य व्यापार गर्न चाहने व्यक्तिले कम्प्लेक्स भवनमा आएर सटरबारे थप बुझ्न सक्ने श्रेष्ठले बताए।
उनले कम्प्लेक्सको सुरक्षाका लागि चौविसै घण्टा सुरक्षा गार्ड रहने बताएका छन्। कम्प्लेक्समा  पार्किङका लागि पर्याप्त ठाउँ रहेकाले जुनसुकै व्यवसाय सञ्चालन गर्न सकिने  छ। कम्प्लेक्समा दैनिक गरिने सरसफाइका लागि सफाइ कर्मचारी पनि कम्पनीले नै राखेको छ।

६ कट्ठा जमिनमध्ये साढे बाह्र हजार वर्ग फिट क्षेत्रफलमा बनेको कम्प्लेक्समा बत्ती गएमा जेनेरेटर व्याकअपमा राखिएको छ भने धनगढीको व्यस्त बजार क्षेत्रमा रहेकाले व्यापार गर्न सहज हुने भएकाले सबै सटर भाडामा लगाउने हिसावले कम्प्लेक्स निर्माण गरिएको सञ्चालकले बताएका छन्।

कमेन्ट लोड गर्नुस