सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२०७९ माघ २३, १०:५३ खबर संवाददाता

धनगढी: कैलालीको कैलारी गाउँपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका अध्यक्ष राजसमझ चौधरीके अध्यक्षतामा सोमवार विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद विद्यार्थी र खेलाडीहरुको अनुशासन राख्ने काम गरिने बताए।

कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, गाउँपालिकाको प्रवक्ता तथा वडा नम्बर ७ कोे वडा अध्यक्ष दिपेन्द्र बम, वडा नम्बर ३ को वडा अध्यक्ष सन्तराम चौधरी, दिपेन्द्र माविके प्रअ विनोद भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए। प्रतियोतामा कैलारी गाउँपालिकाको १२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ।
 

कमेन्ट लोड गर्नुस