सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विद्युतको उत्पादन दोब्बरले बढ्यो, कालंगाको बिजुली १३२ केभीमा

२०७९ माघ २२, ०७:२५ कमल सावद

धनगढीः बझाङको कालंगामा तीन जलविद्युत आयोजना निर्माण गर्न ठेक्का गरिएको थियो।

तीन आयोजनामा ३८ दशमलव ४६ मेगावाट क्षमताको अपर कालंगा जलविद्युत आयोजना र १५ दशमलव ३३ मेगावाटको कालंगा जलविद्युत आयोजनाको विद्युत १३२ केभी प्रसारण लाईनमा जोडिएको छ। कालंगागाड जलविद्युत आयोजनाको विद्युत गृहदेखि दार्चुलाको बलाँच सब–स्टेसनसम्मको ३७ दशमलव ८५ किलोमिटर लामो प्रसारण लाइन र आन्तरिक संरचनाहरुको परीक्षण सफल भएको विद्युत आयोजनाका निर्देशक वीरेन्द्र मल्लले बताए। उनका अनुसार दुई आयोजनाको काम पूरा भएको हो। उनले भने, ‘परिक्षण उत्पादन सुरु भएको छ। १५ मेगावटको मेसिन ८ मेगावाटमा सञ्चालनमा छ। पानी बढी भयो भने, बढीमा चल्छ। वर्षतमा फूलमा सञ्चालन हुन्छ।’

निर्माणाधीन तेस्रो १० दशमलव ७ मेगावाटको सानीगाड जलविद्युत आयोजनाबाट पनि चैत मसान्तभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ। मल्ले टनेलको काम जारी रहेको बताए।  निर्माण सम्पन्न भईसकेको कालंगा बेसिनको तेस्रो आयोजनाले परीक्षणपछि विद्युत उत्पादन सुरु गर्नेछ। निजी क्षेत्रको कालंगा हाईड्रो लिमिटेडले एउटै बेसनमा ६४ दशमलव ४९ मेगावट विद्युत उत्पादन क्षमताका आयोजनाको निर्माण सुरु गरेको थियो। बर्षातको सममा मात्र पूर्ण विद्युत उत्पादन हुनेछ। हिउँदको समयमा भने क्षमताको आधा मात्र विद्युत उत्पादन हुने मल्लले बताए। उनले सुदूरपश्चिममा पाँच जलविद्युत आयोजना निर्माण गरेको बताए। ‘मैले पाँच वटा विकास गरेको छु। देउलीगाड तीन वर्षपहिला सञ्चालनमा आयो, तीन यो हो। दुई सञ्चालनमा आएको छ। एक आउन बाँकी छ। डोटीको शैलेश्वरीमा एक दशमलव ५५ मेगावटको जलविद्युत निर्माणको चरणमा छ। डोटीको साझघाटमा काम जारी छ,’ मल्लले दिनेखबरसँग भने।

कालंगा बेसिनमा तीन वटा आयोजना निर्माणमा लागि कालंगा हाइड्रो लिमिटेडले ११ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ। प्रदेशमा अहिलेसम्म एक सय ५ मेगावट विद्युत उत्पादन भएको छ। प्रदेशमा ३० मेगावाटको चमेलिया, १६ मेगावटको अपि हाइड्रो, एक मेगावटको जिउगाड र साढे तीन मेगावटको निगाली जलविद्युत आयोजनाको काम पूरा भएर विद्युत उत्पादन सुरु भएको हो। नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरिया जंगबहादुर चन्दले प्रदेशमा स–साना जलविद्युत आयोजना निर्माणको चरणमा रहेको बताए। कालंगाको विद्युत १३२ केभीमा जोडिएको छ। उनका अनुसार कालंगाको तेस्रो, ४० मेगावाटको माथिल्लो चमेलिया, बलाचको ९ मेगावट लगायतका आयोजनाको काम जारी रहेको उनले बताए। हिउदको समयमा आधा मात्र विद्युत उतपादन हुँदै आएको उनले बताए। सुदूरपश्चिम प्रदेशको जलविद्युत उत्पादनमा सरकारी लगानी बढ्न नसकेका बेला निजी क्षेत्रबाट भने ठुलो लगानी भित्रिएको छ। 

सुदूरपश्चिममा विद्युत उत्पादन बढेर झण्डै एक सय ५ मेगावट पुगेको हो। प्रदेशमा विद्युत उत्पादनमा सरकारी लगानी बढ्न नसकेका बेला नीजि क्षेत्रबाट भने जलविद्यूतमा लगानी बढ्दै गएको हो। प्रदेशमा दुई आयोजनाको विद्युत राष्ट्रिय प्रशासरण लाइनमा जोडिएसँग विद्युतको क्षमता दोब्बर भएको छ। 

प्रदेशभित्र नीजि क्षेत्रबाट स–साना जलविद्युत आयोजना निर्माण हुने क्रम जारी छ। बझाङको कालंगा हाइड्रोबाट उत्पादित १५ दशमलव ३३ र ३८ दशमलव ४६ मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि प्रदेशभित्र विद्युत उत्पादन क्षमता एक सय ५ मेगावाट पुगेको हो। 

दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण अन्तिम चरणमा, वैशाखभित्रै विद्युत उत्पादन
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस