सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक लाख बढी मुल्यका अबैध सामान बरामद

२०७९ माघ २२, ०६:४८ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ भासीबाट प्रहरीले  अबैध सामान बरामद गरेको हो।

भान्सार छलि गरी ल्याइएका  तरकारीका बिउ, भाडाबर्तन र हार्डवेयरका सामान जफत गरेको प्रहरीले बताएको छ। भन्सार छली गरी ल्याइएका एक लाख ३१ हजार दुई सय ४८ मुल्य बराबरका समान वेवारिसे अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।

फेला परेका सबै सामाग्री भन्सार कार्यालय गड्डा चौकी पठाइएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका सुचना अधिकारी एवं प्रहरी निरीक्षक भरतराज गिरीले बताए। 
 

कमेन्ट लोड गर्नुस