डडेल्धुरामा निःशुल्क आँखा शिविरको तयारी
डडेल्धुराः डडेल्धुरामा निःशुल्क आँखा शिविरको तयारी सुरु गरिएको छ।
जिल्लाको परशुराम नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको हो। नगरपालिकाको आयोजनामा दुई दिन आँखा शिविर सञ्चालन हुनेछ।
नगरपालिकाकाअनुसार शिविरमा मोतिबिन्दु लगायत आँखाका रोगीहरुको निःशुल्क शल्यक्रिया हुने छ।
शिविरमा सहभागीलाई आवश्यक औषधि निःशुल्क वितरण हुने समेत बताइएको छ। शिविर आगामी २२ र २३ गते सञ्चालन हुने छ।